दमक, पुस २३ / झापाको लखनपुर–१ स्थित आदिवासी रङशालामा जारी पूर्वाञ्चल स्तरीय भेट्रान फुटबल प्रतियोगिताको शनिबार सम्पन्न खेलमा विराटनगर यूनाईटेड भेट्रान क्लव विजयी भएको छ ।
बिराटनगरले आयोजक पूर्वाञ्चल भेट्रान क्लब लखनपुरलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गरेको हो । शनिबारको खेल जितेको बिराटनगर प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगितामा आइतबारको खेल बिराटनगरकै सिएमजी भेट्रान क्लव र दमक–लखनपुर भेट्रान क्लबबीच प्रतिस्पर्धा हुने प्रतियोगिताका खेल संयोजक शान्तकुमार राईले जानकारी दिए ।



