काठमाडौं । साताको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य यथावत नै रहेको छ ।
बिहीबार छापावाल प्रतितोला सुनको मूल्य ५७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि यही मूल्यमा सुनको मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
बिहीबार तेजावी प्रतितोला सुनको मूल्य ५७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि यही ५७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, शुक्रबार चाँदीको मूल्यमा कुनै परिवर्तन आएको छैन ।
बिहीबार प्रतितोला चाँदीको मूल्य ७५५ रुपैयाँमा कारोबार भएको थियो भने आज पनि यही मूल्यमै कारोबार भइरहेको जनाएको छ।



