दक्षिण कोरिया सरकारले त्यहाँ कार्यरत श्रमिकको तलब झण्डै ११ प्रतिशतले बढाउने निर्णय गरेको छ । सम्पन्न पारिश्रमिक निर्धारण समितिको बैठकले सन् २०१९ देखि लागू हुने गरी कामदारको तलब १० दशमलव ९ प्रतिशत बढाउने निर्णय गरेको हो । यो निर्णय ईपिएसलगायत सम्पूर्ण कामदारको हकमा लागू हुने जनाइएको छ ।
योसँगै दक्षिण कोरियामा काम गर्ने कामदारको तलब प्रति घण्टा ८ हजार ३ सय ५० कोरियन वान अर्थात सात दशमलव ३७ अमेरिकी डलर हुनेछ । सन् २०१९ का लागि तय गरिएको न्यूनतम ज्याला वर्तमान राष्ट्रपति मून जे इनले राष्ट्रपति निर्वाचन ताका गरेको प्रतिबद्धता अनुरुप लागू गर्न लागिएको दक्षिण कोरियाली समाचार संस्था दि कोरियन टाइम्सले जनाएको छ ।
दक्षिण कोरियामा तीन दशकपछि उच्चतम विन्दुमा तलव वृद्धि गरिएको हो । यो निर्णयले इपिएसमार्फत दक्षिण कोरिया पुगेका नेपालीहरु समेत प्रत्यक्ष लाभान्वित हुने भएका छन् । नेपालस्थित इपिएस कोरिया शाखाको पछिल्लो तथ्याङ्क अनुसार हाल दक्षिण कोरियामा ४० हजार बढी नेपाली कामदार कार्यरत छन् । समाचार कान्तिपुरमा छ ।अमेरिका नेपाल बाट










