काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य दुई सय रुपैयाँले घटेको छ ।

शुक्रबार छापावाल प्रतितोला सुनको मूल्य ५७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर प्रतितोला सुनको मूल्य ५७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

शुक्रबार तेजावी प्रतितोला सुनको मूल्य ५६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि यही ५६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आइतबार प्रतितोला चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ ।

शुक्रबार प्रतितोला चाँदीको मूल्य ७५५ रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर ७५० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय