नयाँदिल्ली, ४ असोज । प्रधानमन्त्री प्रचण्डले नेपाली सुरक्षा निकायले पक्राउका लागि वान्टेड सूचीमा राख्दै सर्वाधिक ख ोजी गरेका एक फरार अभियुक्तलाई उच्च सुरक्षा घेराभित्र भारतमा भेटेका छन् ।
गत वर्ष टीकापुरमा दुईवर्षे बालक र आठ सुरक्षाकर्मीको ज्यान जाने गरी भएको घटनामा मुछिएका कर्तव्य ज्यान मुद्दाका अभियुक्त रेशम चौधरीलाई प्रचण्डले शुक्रबार साँझ ताज प्यालेस होटलमा भेटेको आजको अन्नपूर्ण पोष्टमा खबर छ ।
भारत र नेपालको लब्धप्रतिष्ठित व्यापारीलाई सम्बोधनका लागि ताज प्यालेस होटेलमा आयोजना गरिएको कार्यक्रममा प्रचण्डले चौधरीलाई मन्च्मै भेटेका थिए ।



