दक्षिण कोरियामा कामदारको तलब १०.९५ प्रतिशत बढ्ने भएको छ । तलब वृद्धिसँगै कामदारको तलब प्रतिघण्टा ८ हजार ३ सय ५० कोरियन वोन निर्धारण भएको छ ।

जसअनुसार दैनिक ८ घण्टा काम गरेपछि महिनाको न्यूनतम तलब १७ लाख ४५ हजार १ सय ५० अर्थात् मासिक नेपाली १ लाख ६८ हजारभन्दा बढी रूपैयाँ पाउने छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गत वर्ष प्रतिघण्टा ७ हजार ५ सय ३० वोन ज्याला थियो । ज्याला निर्धारण मजदुर युनियनका ५ सदस्य, कम्पनी व्यवस्थापन र सरकारी प्रतिनिधिसहित २७ जनाको कमिटीले गर्ने गर्छ ।