एक अमेरिकी मोडलले आफ्नी छोरीलाई स्तनपान गराउँदै रनवेमा र्‍याम्प वक गरेकी छिन् ।

मारा मार्टिनले स्विमसुट शोका लागि आफ्नी पाँच महिने छोरी आरियासहित रनवेमा क्याटवक गरेकी हुन् ।

गत आइतबार आयोजित उक्त कार्यक्रमपछि धेरैले उनलाई ‘स्तनपान’ लाई साधारण बनाएको भन्दै धन्यवाद दिए ।

मार्टिनले सुनौलो रङको बिकिनीमा हेडफोन लगाएकी छोरी आरियालाई स्तनपान गराउँदै स्टेजमा भित्रिएकी हुन् । हल्ला र म्युजिकबाट बचाउनका लागि आरियालाई हेडफोन लगाइएको बताइएको छ ।

यसका लागि मारालाई थुप्रै मानिसहरुले ट्वीटरमा समर्थन गरेका छन् ।

https://twitter.com/smith_halie97/status/1019017796318040070

 

https://twitter.com/saiberbully_/status/1019135387338452997

 

 

https://twitter.com/RickyBhasFaith/status/1018945822795485185

 

 

यसको जवाफ दिन उनले आफ्नो इन्स्टाग्रामको सहयोग लिएकी छिन् । जसमा उनले लेखेकी छिन्, ‘जुन कुरा म दैनिक गर्छु त्यसका लागि म र मेरी छोरी हेडलाइन बनेकोमा  म विश्वासै गर्न सक्दिनँ । म यसकारण चकित भएँ किनभने यो हेडलाइन नै हुनुपर्ने विषय भने होइन । आमा बन्नु र सन्तानलाई दुध चुसाउँदै काम गर्नु मेरो लागि एउटा साधारण प्रक्रिया हो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय