काठमाडौं, ४ असोज । प्रधानमन्त्री प्रचण्डले संविधान निर्माणको वातावरण बनाउन जनमुक्ति सेनाको योगदानको प्रशंसा गरेको तर सेनालगायत सुरक्षा निकायको रचनात्मक भूमिकाको बेवास्ता गरेको भन्दै रक्षामन्त्री बालकृष्ण खाँडले असन्तुष्टि व्यक्त गरेका छन् ।

पहिलो संविधान दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डको लिखित सम्बोधनमा संविधानसभा गठन प्रक्रियासम्म आइपुग्न आफ्नो जिउज्यानको प्रवाह नगरी जनचाहना पूरा गर्न राजनीतिक दललाई सहयोग गर्ने सेनालगायत सुरक्षा निकायको योगदानको उल्लेख नगरिएको भन्दै रक्षामन्त्री खाँडले असन्तुष्टि जनाएको आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रचण्डले सोमबार विहान टुँडिखेलमा भएको संविधान दिवसको भाषण र शनिबार सभामुखले संसदभवन परिसरमा आयोजित जलपान कार्यक्रममा गरेको भाषणमा सुरक्षाकर्मीको भूमिका उल्लेखै नगरी तत्कालीन जनसेनाको भूमिकाको भने प्रशंसा गरिएको छ ।