एजेन्सी। भारतको चेन्नइमा सात कक्षामा बढ्ने एक बालिकालाई बलात्कार गरिएको निकै सनसनीपूर्ण घटना बाहिरिएको छ । ११ वर्षकी ती बालिकालाई विगत ७ महिनादेखि उनी बस्ने अपार्टमेन्टकै १८ जनाले बलात्कार गरिरहेका थिए । अपार्टमेन्टका सेक्युरिटी गार्ड, लिफ्ट अपरेटर, पानीवाला देखि प्लम्बरसम्मले उनलाई बलात्कार गरेका हुन् ।

घटना सार्वजनिक भएपछि प्रहरीले सबै आरोपीलाई पक्राउ गरेको छ । बालिका उत्तर भारतीय परिवारकी भएको बताइएको छ र उनी बोल्न र सुन्न सक्दिनन् । प्रहरीका अनुसार सबैभन्दा पहिले ६६ वर्षका लिफ्ट अपरेटर रविले उनलाई बलात्कार गरेका थिए । यसपछि रविसँगै अन्य २ जनाले उनलाई बलात्कार गरे । यिनीहरुले बालिकालाई बेहोस गर्ने औषधी र नशाको औषधी मिसाएर कोल्ड ड्रिंक पिलाउँथे ।

प्रहरीका अनुसार उनीहरु बालिकालाई चक्कु देखाएर धम्की पनि दिन्थे । उनीहरुले बालिकाको निर्वस्त्र फोटो पनि खिचेका थिए । साथमा भिडियो पनि बनाएका थिए र बालिकालाई ब्ल्याकमेल गरिरहेका थिए । विस्तारै अपार्टमेन्टका अन्य कर्मचारीहरु पनि बलात्कारमा सहभागी भए । सुरक्षागार्ड, कार्पेन्टर अनि प्लम्बरले पनि बालिकालाई बलात्कार गरे । बालिकाले दिल्लीबाट आएकी आफ्नी दिदीलाई यसबारे बताएपछि घटनाको खुलासा भएको हो । यो अपार्टमेन्टमा करिब ३ सय फ्ल्याट थिए र अधिकांश खाली थिए । यही कारण बलात्कारीहरुलाई सजिलो भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah