साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले बढेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला मूल्य ५६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर ५६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शुक्रबार तेजावी सुन प्रतितोला मूल्य ५६ हजार २०० सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुनको प्रतितोला मूल्य ५६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आइतबार पनि चाँदीको मूल्य यथावतै कायम रहेको छ ।

शुक्रबार चाँदी प्रतितोला मूल्य ७४० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि ७४० रुपैयाँमा कारोबार भइरहेको छ।