प्रेमीको बिहेको पाँचौं दिन एक महिलाले उनको घरमा मध्यरातमा गएर नवविवाहित बेहुलीमाथि ब्लेडले आक्रमण गरेकी छिन् । घाँटी र अनुहारमा कैयौं प्रहार गरेर उनको ज्यान लिने कोसिस गरिन् । बेहुलीको हालत गम्भीर भएको बताइएको छ । छिमेकीहरुले ती महिलालाई समातेर निर्घात कुटे र कपाल काटिदिए । प्रहरीले उनलाई बचाएर चौकीमा लिएर गएको छ ।

ती युवक ती महिलाको प्रेमी रहेको बताइएको छ । आक्रमणकारी महिलाले भने मध्यरातमा आफूलाई प्रेमीले नै बोलाएको र प्रेमीले नै ब्लेड दिएर आफ्नी नवविवाहित पत्नीमाथि आक्रमण गर्न पठाएको बताएकी छिन् । प्रेमीले पत्नीको हत्या गर्न पठाएको उनको दावी छ । आक्रमणकारी महिला तीन सन्तानकी आमा हुन् । भारतको बिहारमा गया जिल्लाको मानपुर बस्ने रवि राव नामका युवकको माया देवी मांझी नामकी आक्रमणकारी महिलासँग प्रेम सम्बन्ध रहेको बताइएको छ ।

रविले बिहे गरेसँगै ती महिला उनीसँग बदला लिने सुरमा थिइन् । रविले १५ जुलाइमा बिहे गरेका थिए । आक्रमणकारी महिलाले प्रेमीलाई नै दोषी बनाएपछि प्रहरी अनुसन्धानमा जुटेको छ । एक प्रहरी अधिकारीका अनुसार रविको व्यवहार पनि शंकास्पद देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah