एजेन्सी। श्रीमान कामका लागि अफिस गएपछि आफ्नो धन्दामा निस्कने एक श्रीमती पक्राउ गरेकी छिन् । ती श्रीमतीले दिनभर बाहिर चोरीको धन्दा चलाइरहेको पाइएको छ । भारतको हैदराबादमा चारमिनार प्रहरीले ती महिलालाई चोरीको आरोपमा पक्राउ गरेको हो ।
ती महिला बुर्का लगाएर चारमिनारको उक गहना पसलमा ग्राहक बनेर पुगेकी थिइन् । उनले पसलेलाई सुनका गहना देखाउन भनिन् । गहना देखाउँदै गर्दा उनले ४० ग्रामको गहना चोरी गरिन् । घटना सबै सिसिटिभी फुटेजमा कैद भएको छ । महिला केही नलिइ जान लागेपछि पसलेलाई शंका लाग्यो ।
उनलाई देखाइएको गहना पनि कम थियो । पसलेले सिसिटिभी फुटेज हेरेपछि सबै कुरा खुल्यो । उनले तत्कालै प्रहरी बोलाएर प्रहरीको जिम्मा लगाएका छन् । महिलासँगबाट १ लाख भारु बराबरका गहना बरामद भएको प्रहरीले जनाएको छ । हेर्नुहोस् भिडियो



