कर्ण महरा,काठमाडौं ।
नेपाल सरकारले जेठ २ गतेसम्म काठमाडौंस्थित मलेसियन दूतावासबाट ‘भिसा स्ट्याम्पिङ्’ भइसकेका नेपाली कामदारहरुलाई मलेसिया जान स्वीकृति दिने भएको हो । सरकारको यो निर्णयसँगै अन्तिम श्रम स्वीकृति प्राप्त बाहेकका सबै प्रक्रिया पूरा गरेपनि मलेसिया जान नपाएका करिब ४ सय कामदार लाभान्वित हुनेछन् । त्यसबाहेक बाँकीको भने इन्ट्री भिषाको म्याद समेत सकिएको जनाइएको छ ।
आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ , ‘२०७५ जेठ २ गतेको नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट निर्णय भएको मितिसम्म भिषा स्ट्याम्पिङ् भई अन्तिम श्रम स्वीकृति बाँकी रहेका श्रमिकलाई मात्र अन्तिम श्रम स्वीकृति दिइने व्यवस्था मिलाइएको छ ।’
सरकारले ०७५,जेठ २ मा मलेसिया जाने कामदारमाथि अवैध रुपमा भैरहेको असुली रोक्न दबाव दिने र कार्वाही प्रक्रिया अघि बढाउने गरी मलेसिया जाने सबैखाले कामदारको श्रम स्वीकृति रोकेको थियो । जसका कारण पैसा तिरेर पनि विदेश जान नपाउँदा केही कामदार थप मर्कामा परेका थिए ।
सरकारको यो निर्णय संङ्गै मलेशिया रोजगारका लागि जान चाहने र भिषा स्ट्याम्पिङ्ग भैसकेका नेपालि कामदारहरु लाभान्वित हुने छन्।











