काठमाडौं, ४ असोज । जोरपाटी दक्षिण ढोकाको मनकामना उच्च मावि र आकाशदिप इङलिस सेकेण्डरी स्कुलमा आज विहान अज्ञात समुहले बम विष्फोट गराएको छ ।

विष्फोटमा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । वम विस्फोटले आकाशद्धिप स्कुलको गेटमा क्षति पुगेको छ ।

विष्फोटमा संलग्न भएको आशंकामा दुई जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख विक्रमसिंह थापाले जानकारी दिए ।

त्यस्तै, बौद्धस्थित राई स्कुल, इस्टपोल स्कुलमा शंकाष्पद बस्तु फेला परेकोे छ । ललितपुरको रेडियन्ट स्कुलमा प्रेसरकुकर बम भेटिएको प्रहरीले जनाएको छ ।

बम राखिएको स्थानमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी केन्द्रको पर्चा भेटिएको प्रहरीले जनाएको छ ।विष्फोट भएको स्थानमा फेला परेका पर्चामा नीजि विद्यालयहरुले आफ्ना मागहरु सम्बोधन नगरेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय