अमेरिकामा एक नेपाली युवतीमाथि आठ राउन्ड गोली प्रहार भएको छ। अक्लोहा राज्यको एटोकास्थित ग्यास स्टेशनमा कार्यरत गोरखाकी २५ वर्षीया रचना श्रेष्ठमाथि अन्धाधुन्द गोली प्रहार भएको हो। अहिले उनको उपचार त्यहींको एक अस्पतालमा भइरहेको छ। आठ गोलीमध्ये केही गोली निकालिएको र केही गोली निकाल्न बाँकी रहेको अस्पतालले जनाएको छ।अवस्था गम्भीर भए पनि श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ।

सोमबार दिउँसो ग्यास स्टशेनमा सरसफाइको काम गरिरहेका बेला एक कालो वर्णका युवक आएर पछाडिबाट उनलाई एक्कासि गोली हानेका थिए। गोली हानेर ती युवक भागेका थिए। घटनाको एक घण्टाभित्रै प्रहरीले ती युवकलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति १८ वर्षीय जुमिनेज हिल रहेको त्यहाँको प्रहरीले जनाएको छ। उनले प्रयोग गरेको हतियार पनि प्रहरीले बरामद गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ती व्यक्ति अहिलेसम्म कुनै अपराधमा संलग्न नदेखिएको बताइएको छ। ती व्यक्तिलाई रचनालाई किन गोली हाने भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। नेपालीले नै सञ्चालन गरेको ग्यास स्टेशनमा काम गर्ने रचनाका श्रीमार र सानो छोरा छन्। अमेरिकाको एटोका सहर सुरक्षित सहरमध्ये एक मानिन्छ। टिभी अन्नपूर्ण बाट