एजेन्सी,१० साउन । वर्षकी एक बालिकाको टाउकोको सिटी स्क्यान रिपोर्ट हेर्दा डाक्टर नै चकित भएका छन् । रिपोर्टमा बालिकाको टाउकोमा सय भन्दा धेरै डल्ला देखिएपछि डाक्टर डराए ।
ध्यानपूर्वक हेरेपछि बल्ल थाहा भयो यी सबै टेपवर्म एकप्रकारको जुकाको अण्डा थिए । डाक्टर ले बालिकाको अपरेशन गरेर सबै अण्डा निकालेपछि बल्ल यसबारे बाहिर जानकारी दिएका हुन् । बालिका ६ महिनादेखि टाउको दुखेको गुनासो गरिरहेकी थिइन् ।
भारतको राजधानी दिल्लीस्थित फोर्टिस अस्पतालमा जाँच गराउँदा उनको टाउकोमा अण्डा भएको थाहा भएको हो । सुरुवाती जाँचमा डाक्टरलाई पनि यसबारे थाहा थिएन । डाक्टरले सुरुमा लक्षणका आधारमा ती बालिकााई न्यूरोसिस्टीसरकोसिस भन्ने रोग लागेको अनुमान गरेका थिए ।
यही कारण उनहिरुले यही रोगको औषधी दिए तर बालिकाको अवस्थामा सुधार भएन । यसका साथै बालिकालाई सास फेर्न समस्या हुन थाल्यो । त्यसपछि सिटी स्क्यान गरेर हेर्दा दिमागमा अण्डा भएको थाहा भएको हो ।



