सामाजिक संजालमा एक किशोरीको भिडियो निकै भाइरल भइरहेको छ । यो भिडियोमा देखिएकी किशोरीको कपाल निकै लामो छ । मानिसहरु यो भिडियो देखेर चकित परेका छन् । प्रतिक्रियामा धेरैले कसैको कपाल यति लामो हुनै नसक्ने बताएका छन् । यो भिडियो सामाजिक संजालमा निकै छिटो भाइरन भइरहेको छ ।
यो भिडियो ‘फ्रेडी भिडियो ब्युटी’ नामको फेसबुक पेजले १६ जुलाइमा राखेको हो । अपलोड गरेको केही यो भिडियो अहिलेसम्म करोडभन्दा बढीले हेरिसकेका छन् । ११ हजारभन्दा बढी शेयर भइसकेको छ । यी किशोरी पलंगमा उभिएर आफ्नो कपालको लम्बाइ देखाइरहेकी छिन् । किशोरीको लम्बाइ अन्दाजी ५ फिटजति छ । पलंगको उचाइ अन्दाजी तीन फिटजति होला । पलंगमाथि उभिँदा पनि उनको कपालले भुइँ छुन्छ । यी किशोरी को हुन् भन्ने अहिलेसम्म खुलेको छैन । हेर्नुहोस् भिडियो ।
https://www.facebook.com/FeedyVideoBeauty/videos/192682851398826/



