काठमाडौं, २८ पुस । इन्डोनेसियाको अध्यागमन कार्यालयले बिना प्रवेशाज्ञा (भिसा) एक घरमा लुकेर बसिरहेको अवस्थामा ९ नेपालीलाई पक्राउ गरेको छ ।

मानव तस्करले एक साताअघि इन्डोनेसिया पुर्‍याएका उनीहरुसँग इन्डोनेसियाका भिसा लगायत अन्य कागजपत्र नभएका कारण त्यहाँको मासास्कर अध्यागमनले आइतबार पक्राउ गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मासास्कर प्रहरीले ती नेपालीलाई थप अनुसन्धानपछि अध्यागमनमा बुझाउने छ । उनीहरु कुनै अपराधमा संलग्न छन् कि छैनन् त्यसबारे प्रहरीले अनुसन्धान गरिरहेको  छ ।

पक्राउ पर्नेमा विश्वराम खड्का, रभु पुन, जगन्नाथ पाण्डे, सञ्जीव आरटी, अनिश लामा, राजेन्द्र लिम्बू, कैलाश तामाङ, विष्णुबहादुर पुन र प्रकाश लामा छन् ।  अन्नपूर्णपोष्ट दैनिकमा खबर छ ।