काठमाडौं – तपाईं फेसबूक र ह्वाट्सएपमा धेर समय बिताउनुहुन्छ भने सावधान हुनुस् । यी नेटवर्किङ साइटहरूमा साइटहरूमा आएका अपरिचित नम्बरलाई नबुझिकन सेभ गर्नु हुँदैन । यस्ता नम्बरले मृत्यु बाँडिरहेका छन् र त्यसलाई मोमो भन्छन् ।

ब्लु ह्वेल गेम र किकी च्यालेन्जपछि आजकल सामाजिक सञ्जालमा मोमो च्यालेन्ज भाइरल भइरहेको छ । ह्वाट्सएपमार्फत यो फैलिरहेको छ ।

मोमो जापानबाट आएको हो र मोमो च्यालेन्ज गेमका लागि प्रयोग भएको तर्साउने तस्वीर जापानी कलाकार मिदोरी हायाशीले बनाएको बताइएको छ । तर हायाशी यो गेमका लागि जिम्मेवार छैनन् ।

यो च्यालेन्ज जोखिमले भरिएको हुन्छ । गेम पूरा नगर्दा मोमोले प्रयोगकर्तालाई गाली गर्छ र कडा सजाय दिने धम्की दिन्छ । अनि प्रयोगकर्ता डराएर आदेश मान्न विवश हुन्छ ।

मोमोको कुरामा फसेर प्रयोगकर्ता मानसिक अवसादको स्थितिमा पुग्छ र आत्महत्या गर्छ । मोमो च्यालेन्ज लिनेहरूमा किशोर र युवा छन् ।

साइबर विशेषज्ञका अनुसार, मोमो च्यालेन्ज खेलबाट धेरैथरी खतरा छन् । गेमको माध्यमबाट अपराधीहरू किशोर र युवालाई फसाउँछन् । निजी सूचना चोरेपछि परिवारलाई ब्ल्याकमेल गर्ने र फिरौती माग्ने काममा यसको दुरुपयोग हुन्छ ।
अनि गेममार्फत किशोरहरूलाई तनावमा पारेर आत्महत्या गर्न उक्साउँछन् ।

यसरी दिइन्छ च्यालेन्ज
सबभन्दा पहिले प्रयोगकर्ताले एक अपरिचित नम्बर पाउँछन् । त्यसलाई सेभ गरेर हेल्लो भन्ने च्यालेन्ज दिइन्छ । अनि त्यो अपरिचित नम्बरमा कुरा गर्ने च्यालेन्ज दिइन्छ ।

त्यसभन्दा अघि बढ्दै गर्दा अपरिचित नम्बरबाट प्रयोगकर्तालाई तर्साउने तस्वीर र भिडियो क्लिपहरू आउन थाल्छन् । प्रयोगकर्तालाई केही काम गर्न दिन्छ र पूरा नगर्दा धम्क्याइन्छ । धम्कीबाट डराएर प्रयोगकर्ता आत्महत्या गर्न विवश हुन्छ ।

मनोचिकित्सकहरू भन्छन्, ‘ह्वाट्सएप वा फेसबूकमा तपाईंको सन्तान धेर सक्रिय रहन्छ भने नजर राख्न थाल्नुस् । उनीहरूलाई अपरिचित नम्बरबाट कुराकानी गर्न रोक्नुस् । बच्चाको बानीमा आइरहेको परिवर्तनलाई अनुभव गर्नुस् । ऊ
आफैंमा हराउने, शान्त वा चुपचाप बस्ने गरे, खानपिउन छोडे तत्कालै मनोरोग विशेषज्ञको सहायता लिनुस् ।’

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah