दमक÷ कृषिको व्यवसायिकता र आधुनिकताका लागि झापामा शुरु गरिएका कार्यक्रमहरु बारे दमकमा जानकारी गराईएको छ । जिल्ला कृषि विकास कार्यालय झापाले आयोजना गरेको कार्यक्रममा झापामा सञ्चालन भई रहेका र योजना बनाईएका कार्यक्रमबारे आज जानकारी गराईएको हो । कार्यक्रममा कार्यालयकी योजना अधिकृत शितल भट्टराईले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सञ्चालित कार्यक्रमबारे जानकारी दिइएको थियो । कृषि विकास, उपलव्धि, संभावना र चुनौती बिषयमा आयोजित अन्तरक्रियामा कार्यालयका प्राविधिक सहायक शालिकराम भट्टराईले झापामा १ लाख २० हजार ५ सय १२ किसान परिवार रहेको र कृषकहरुको जनसंख्या ५ लाख ३० हजार २ सय ५३ रहेको जानकारी दिए । कार्यक्रममा पत्रकार गोपाल झापालीले झापाको कृषि र सञ्चार माध्यममा कृषि बिषयक आधार पत्र प्रस्तुत गरेका थिए । भू–उपयोग नीति कार्यान्वयन नहुँदा खेतीयोग्य जमिन अव्यवस्थित रुपमा प्लटिङ् भई रहेको, सिँचाईको अभाव, बिषादीको उच्च प्रयोग जस्ता समस्या झापाको कृषिमा देखिएको आधार पत्रमा उल्लेख छ ।
कृषि बिकाश सम्बन्धिको अन्तर्रक्रिया सम्पन्न
सवाल नेपालसंवाददाताशुक्रबार, २८ पुस २०७३

कृषि बिकाश सम्बन्धिको अन्तर्रक्रिया सम्पन्न
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति

यो पनि पढ्नुहोस् »
झापामा कृषि प्रवर्द्धनका लागि १० करोड ५३ लाख
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
झापामा कृषि प्रवर्द्धनका लागि १० करोड ५३ लाख
शनिबार, २ असार २०८१
किसानले अझै पाएनन दुधको भुक्तानी, गाईबस्तुलाई दाना खुवाउनपनि ऋण खोज्नुपर्ने बाध्यता
बिहीबार, ३१ जेठ २०८१
सोलुखुम्बुमा मकै बालीको बीमा सुरु
शुक्रबार, १५ वैशाख २०८०
जुम्लाको सामान झापामा माग
सोमबार, ८ फागुन २०७९



