काठमाडौं । साताको दोस्रो सोमबार नेपाली बजारमा सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ ।

आइतबार बजारमा छापावाल सुन प्रतितोला मूल्य ५६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला मूल्य ५६ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आइतबार तेजावी सुन प्रतितोला मूल्य ५६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला मूल्य ५६ हजार १०० रुपैयाँमा नै कारोबार भइरहेको छ ।

त्यस्तै, सोमबार बजारमा चाँदीको मूल्य पाँच रुपैयाँले बढेको छ ।

त्यस्तै, आइतबार बजारमा चाँदी प्रतितोला मूल्य ७३५ रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर चाँदी प्रतितोला मूल्य ७४० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।