एजेन्सी,२९ साउन । सुन्दरताले पनि मानिसलाई अचम्मा बनाइदिन्छ कोही सुन्दरताको कारण चिन्तित हुन्छन् त कोही आफु सुन्दर नभएको कारण चिन्तित हुन्छन् । त्यस्तै भएको छ पाकिस्तानकी प्रहरी अधिकृत अनुश मसुद चौधरीलाई ।

पाकिस्तानको लाहौरमा प्रहरी अधिकृतको रुपमा काम गर्दै आएकी अनुको सुन्दरताको चर्चा देश विदेश जताततै हुने गर्छ । अनुश अमफ्नो बहादरीका कारण मात्र नभएर आफ्नो सुन्दरताले पनि चर्चाका आएकी छन्, भने यतिबेला उनको तस्वीर सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । यति मात्र हैन उनलाई यतिबेल आफ्नो सुन्दरताले गर्दा नियमित काममा समेत बाधा परेको छ ।

पख्तुनख्वा जिल्लामा पहिलो महिला असिस्टेन्टको रुपमा काम गरेकी अनुश अहिले लाहोरमा एसपी रहेकी छन् । प्रहरीमा पेशामा आबद्ध हुनु अघि डाक्टर पेशामा आबद्ध उनी मेडिसिनमा स्वर्णपदक विजेता पनि हुन् । लाहोरमा केंट डिभिजनमा क्राइम इन्भेष्टिगेशन डिपार्टमेन्टमा काम गरेकी उनी २०१२१ मा सिसिएसमा पास गरेकी हुन् । उनका श्रीमान पनि प्रहरीमा नै कार्यरत रहेका छन् ।




