काठमाडौं । साताको तेस्रो मंगलबार नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ ।

सोमबार बजारमा छापावाल सुन प्रतितोला मूल्य ५६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर सुन प्रतितोला मूल्य ५६ हजार १०० सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सोमबार तेजावी सुन प्रतितोला मूल्य ५६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर सुन प्रतितोला मूल्य ५५ हजार ८०० रुपैयाँमा नै कारोबार भइरहेको छ ।

त्यस्तै, मंगलबार बजारमा चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ ।

त्यस्तै, सोमबार बजारमा चाँदी प्रतितोला मूल्य ७४० रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर चाँदी प्रतितोला मूल्य ७३५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।