काठमाडौं । साताको बुधबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले घटेको छ ।

मंगलबार बजारमा छापावाल सुन प्रतितोला मूल्य ५६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि घटेर सुन प्रतितोला मूल्य ५६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मंगलबार तेजावी सुन प्रतितोला मूल्य ५६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि घटेर सुन प्रतितोला मूल्य ५५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, बुधबार बजारमा चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ ।

मंगलबार बजारमा चाँदी प्रतितोला मूल्य ७३५ रुपैयाँमा कारोबार भएको थियो भने आज पनि घटेर चाँदी प्रतितोला मूल्य ७३० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।