काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य २०० रुपैयाँले बढेको छ ।

शनिबार बजारमा छापावाल सुन प्रतितोला मूल्य ५५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला मूल्य ५५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शनिबार तेजावी सुन प्रतितोला मूल्य ५५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला मूल्य ५५ हजार ५०० रुपैयाँर्मै कारोबार भइरहेको छ ।

त्यस्तै, आइतबार बजारमा चाँदीको मूल्य १० रुपैयाँले बढेको छ ।

शनिबार बजारमा चाँदी प्रतितोला मूल्य ७१५ रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर चाँदी प्रतितोला मूल्य ७१५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।