काठमाडौं । बैदेशिक रोजगारीको शीलशिलामा बिभिन्न देशमा पुगेका नेपालीहरुले विदेशबाट नेपाल फर्कँदा प्राय ल्याउने सामान मध्ये मोबाइल पनि एक हो । प्राय जसो नेपालीहरुले विदेशबाट फर्कंदा मोबाइलहरु ल्याउने गरेको कुरा नेपाल स्थित बिमानस्थलकै कर्मचारीहरुको भनाई छ । रोजगारीको लागि बिदेश गएका कामदार, उच्च शिक्षाका र भम्रण जानेहरुले समेत नेपाल आउँदा परिवारका सदस्य तथा साथीभाइहरुलाई गिफ्ट ल्याउने गरेका छन । नेपालमा रहेकाहरुले पनि विदेशबाट आउने आफन्त तथा साथी भाइसँग भखरै सार्वजनिक भएका तथा चर्चित ब्रान्डका नयाँ मोबाइल गिफ्ट अफर गर्ने गर्छन् ।

विदेशबाट फर्कने क्रममा परिवारका सदस्य र साथीभाइको आग्रहलाई मानेर नेपाल र्फकदा साथमा चारदेखि पाँचवटासम्म मोबाइल प्रायले लिएर आएका हुन्छन । कतिपयले भने व्यापार गर्ने लक्ष्यसमेत राखेर मोबाइलहरु ल्याउँने गरेका छन् । बिदेशमा नेपालमा भन्दा सस्तोमा पाइने हुँदा मोबाइल ल्याइन्छन् | तर, धेरै मोबाइल बोकेर आउँदा उनीहरुलाई नेपालको भन्सार नियम कानुन थाहा नहुँदा नेपालको एक मात्र अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलको भन्सार कक्षमा आइपुगेपछि समस्यामा पर्छ । त्यतिमात्रै होइन, विदेशमा खरिद गर्दाको भन्दा बढी मूल्य भन्सारमा बुझाउन बाध्य हुन्छन् ।

नेपाल सरकारको झिटीगुन्डा सम्बन्धि ऐन नियमले विदेशबाट नेपाल र्फकनेहरुलाई आफूले प्रयोग गरेको एक सेट मोबाइल ल्याउन मात्र छुट दिन्छ । त्यसमा विदेशबाट आउनेहरुलाई आफूले प्रयोग गरेको पुरानो मोबाइल सेट बाहेक एउटा नयाँ सेट पनि विना शूल्य ल्याउन दिने गरेको विमानस्थल भन्सार कार्यालयले जानकारी दिएको छ । जस्तो कि तपाइँले बिदेशमा प्रयोग गर्दै गरेको एउटा पुरानो सेट छ र अर्को नयाँ पनि ल्याउन चाहनुहुन्छ भने तपाइँलाई कुनै कर लाग्दैन तर यदी तपाइले आफ्नो मोबाइलबाहेक ४/५ ओटा मोबाइल बोकेर ल्याउनु भएको एएरपोर्टमा चेकिङको क्रममा थाहा भएमा सेट अनुसार भन्सार कर तिर्नुपर्ने हुन्छ । त्यसरी कर तिर्दा नेपालमा उक्त मोबाइल किनेको भन्दा बढी महँगो पर्न सक्छ ।

यदी तपाइले बढी तोकिएभन्दा बढी मोबाइल ल्याएको हकमा विदेशबाट आउनेहरुले व्यवाहरिक रुपमा ल्याउने केही मोबाइल सेटको लागत मूल्यको आधारमा भन्सार शूल्य तथा जरिवाना लाग्नेछ । विदेशबाट नेपाल र्फकने यात्रुले २० हजारको मोबाइल सेट भन्सारले दिने सुविधाभन्दा बढी ल्याएमा ४० प्रतिशत भन्सार शूल्क र ४० प्रतिशत नै जरिवाना गरी ८० प्रतिशत रकम बुझाउन पर्ने हुन्छ । यदी तपाइले १० हजारको मोबाइल ल्याउनु भएमा थप ८००० रुपयाँ भन्सारमा तिर्नुपर्ने हुन्छ । यसरी हेर्दा तपाइले ल्याउने मोबाइलको मूल्य १८,००० पर्न जान्छ, जुन मोबाइल नेपालमै किन्दा तपाइले भन्सारलाई कर तिरेपछिको मूल्य भन्दा असस्तो हुनसक्छ । त्यस्तै यदी अस्वभाविक रुपमा व्यापार गर्नकै १०/१५ वटा वा सो भन्दा बढी मोबाइल ल्याउनेहरुको हकमा भने मोबाइलनै जफत गर्दै कारबाही समेत हुन्छ ।

साझा सवाल ड्ट कम ड्ट एनपी बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah