युएर्इ-बैदेशिक रोजगारीको लागि ५ महिना अघि युएर्इ आएका एक नेपालीको उपचारको क्रममा मृत्यु भएको छ।

गोरखाको गण्डकी गाँउपालिका १ मकैसिङ्का ताराबहादुर गुरूङ्को उपचारको क्रममा दुबर्इको रशिद अस्पतालमा हिजो मृत्यु भएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गत अगस्ट ८ मा सामान्य बान्ता हुने र टाउको दुख्ने समस्या देखिए पछि तारा बहादुरलार्इ उपचारको लागि दुबर्इको रशिद अस्पताल लगिएको थियो।

चिकित्सकका अनुशार उललार्इ ब्रेन ट्युमर भएको बताएर्इको छ।उनको शव पोस्टमाटमको लागि रशिद हस्पिटलमा राखिएको छ।

उनको शवलार्इ जतिसक्दो चाँडो नेपाल पठाउनको लागि आइतबारदेखि कानुनी प्रक्रिया अघि बढार्इने युएर्इको लागि नेपाली कार्यवहाक राजदूत सागर फुयालले जानकारी दिए।

५ महिना अघि अन्जली अोभरसिज सर्भिस काठमाडाैंबाट रोजगारीको लागि युएर्इ आएका ताराबहादुर दुबर्इ स्थित ब्लु डार्इमण्ड सेक्युरेटी कम्पनीमा कार्यरत थिए। मृतक गुरूङ्का श्रीमती १ छोरी र अामा गोरखामै बस्दै आएका छन्। रातो पाटी बाट