काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ ।
सोमबार बजारमा छापावाल सुन प्रतितोला मूल्य ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला मूल्य ५६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
सोमबार तेजावी सुन प्रतितोला मूल्य ५५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला मूल्य ५६ हजार ५०० रुपैयाँमा नै कारोबार भइरहेको छ ।
त्यस्तै, मंगलबार बजारमा चाँदीको मूल्य पाँच रुपैयाँले बढेको छ ।
सोमबार बजारमा चाँदी प्रतितोला मूल्य ७२० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर चाँदी प्रतितोला मूल्य ७२५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।



