काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ ।

सोमबार बजारमा छापावाल सुन प्रतितोला मूल्य ५७ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला मूल्य ५७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सोमबार तेजावी सुन प्रतितोला मूल्य ५६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला मूल्य ५६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, मंगलबार भने बजारमा चाँदीको मूल्य स्थिर नै रहेको छ ।

सोमबार बजारमा चाँदी प्रतितोला मूल्य ७२० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी प्रतितोला ७२० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।