काठमाडौँ । सर्पको जस्तै हाउभाउ गर्ने एक किशोरले अचम्मको ब्यबहार देखाएपछि सबै गाउँलेहरु जम्मा भएर चिन्तित बनेका थिए । घटना हो नुवाकोटको ।
नुवाकोटको शिवपुरी गाउपालिकामा बिज्ञानलाई नै चुनौती दिने घटना भएको भन्दै युवकको ब्यबहारलाई नजिकबाट नियालियो । शिवपुरी गाउपालिका वडा नं ५ महाकालिको स्याङताङ टोलका अठार बर्षिय सन्जिव तामाङ बैशाख ५ गते रातिबाट बिरामी भए ।
छिमेकिको बिहेमा गएर घर फर्कदै गरेका उनलाई राती १० बजे बाटोमा एउटा सर्पले घाँटिमा बेर्यो ।
सर्पसंगको चार घण्टा लामो बसाईले सन्जिव सर्प जस्तै बनेको दाबी गरेपछि सबै चकित परेका थिए । घस्रिएर हिँड्ने, खानपिन नगर्ने, साना – साना ठाउमा आफ्नो शरीर छिराउने, सर्पको जस्तै जिब्रो निकाल्ने बानीका कारण उनमा अन्य समस्या आएको बताइएको थियो । थप भिडिायोबाट



