योग अभ्यासबाट हुने फाइदाबारे जनचेतना जगाउन संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गरेको हो। अमेरिकामा यो प्राचीन विद्या योग अभ्यास गरिन थालेको करिब ६० वर्ष भइरहेको छ र यो केही वर्षयता लोकप्रिय हुँदै गएको छ।

यहाँ गराइने हठयोगदेखि लिएर विभिन्न शैलीका योग अभ्यास हुने गरेको छ, जस्तै– विभिन्न आसन, श्वासप्रश्वास विधि (प्राणायाम), ध्यान र योग दर्शन। शारीरिक, मानसिक, भावनात्मक र आध्यात्मिक स्वास्थ्य सुधारका साथै स्वस्थ रहन योग गरिन्छ। धेरै प्रकारका योग अभ्यास यहाँका धेरै केन्द्रमा उपलब्ध छ, जस्तै– रिट्रिट सेन्टर, योग स्टुडियो, जिम, शैक्षिक संस्था, स्थानीय पुस्तकालय र यहाँसम्म कि पार्क र समुद्र किनारमा पनि।

योगबाट क्यान्सरको उपचारसम्बन्धी अनुसन्धानमाथि हालै गरिएको समीक्षाले आशाजनक निष्कर्ष देखाएको छ। यससम्बन्धी ९ वटा ‘नन् र्‍यान्डम’ र १३ वटा ‘र्‍यान्डम’ परीक्षण गरिएको थियो। वयस्क क्यान्सर रोगीलाई विभिन्न योग थेरापीबाट जीवनशैलीमा सुधार आउनुका साथै मस्त निद्रा, कम थकावट, आध्यात्मिक र मनोवैज्ञानिक सुधार (जस्तैः डिप्रेसन, पीडा र व्यग्रताको उपचार) देखिएको परीक्षणले निष्कर्ष निकालेको छ।

अनुसन्धानले सुरुवाती चरणमा रहेका स्तन क्यान्सरका बिरामीमा फरक–फरक मात्रा र तरिकाले गरिएको योग उपचार र योग प्रशिक्षकको तालिम (ज्ञान) बारे जानकारी उल्लेख नगरेको भन्दै आलोचना गरिएको छ। अनुसन्धानकर्ताहरुले पनि शारीरिक र बायोमेडिकल परिणामको न्यून अध्ययन गरिएको र प्रारम्भिक शोधमा देखिएका ‘साइड इफेक्ट’ बारे थप अध्ययन गर्नुपर्ने स्वीकारेका छन्।

एउटा अनुसन्धानमा भने स्तन क्यान्सरको उपचार गरिसकेका दुई सय जना बिरामीमा योगबाट पर्ने प्रभावबारे परीक्षण गरिएको थियो।

परीक्षणमा समावेश महिलालाई मान्यताप्राप्त योग प्रशिक्षकले १२ सातासम्म साताको दुईपटक ९० मिनेट योग कक्षा गराएका थिए। अनुसन्धानकर्ताका अनुसार जलन, थकाइ, ऊर्जा, अनिद्रामा सुधार, डिप्रेसन आदिलाई मूल्यांकनको मापदण्ड बनाइएको थियो। त्यसमध्ये थकाइ र जलनमा सुधार ल्यायो। जति बढी योग अभ्यास गर्‍यो त्यति नै मात्रामा सुधार भयो।

यो अनुसन्धान किन पनि उत्साहप्रद छ भने यसबाट क्यान्सरका बिरामी र उपचारपछि स्वास्थ्य सुधारमा योगले विशेष भूमिका निर्वाह गर्ने देखियो। योग अभ्यासमा हुने गतिशीलता, श्वासप्रश्वासमा विशेष जोड र ध्यानले पीडा र जलनबाट पीडितले राहत पाउँछन्।

साथै, अध्यात्ममा केन्द्रित हुँदा बिरामीलाई आफ्नो अस्तित्व, पहिचान, साथीभाइ, आफन्त, परिवार र अरुसँगको सम्बन्धको अर्थ र महत्व पनि पुनःपरिभाषित गर्न सहज हुन्छ।

हेर्नुहोस् भिडियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah