साताको दोस्रो दिन सोमबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य अझै स्थिर नै रहेको छ ।

आइतबार बजारमा छापावाल सुन प्रतितोला ५७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि सुन प्रतितोला ५७ हजार ८०० रुपैयाँमैै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आइतबार तेजावी सुन प्रतितोला ५७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि सुन प्रतितोला ५७ हजार ५०० रुपैयाँमै कारोबार भइरहेको छ।

त्यस्तै, आइतबार बजारमा चाँदी प्रतितोला मूल्य ७१० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि चाँदी प्रतितोला ७१० रुपैयाँमै कारोबार भइरहेको जनाएको छ ।