दमक/यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारीक बिक्रेता दमकको गजुरमुखि ट्रेड लिंकले एवं चर्चित मोडल सिवाइजी न्युएस रे जेडको नयाँ एडिशन ‘स्ट्रिट र्याली’ दमकमा ल्याएको छ ।
गजुरमुखि ट्रेड लिंकको मुख्य कार्यालय दमकमा एक कार्यक्रमबीच ‘स्ट्रिट र्याली’ को लञ्च भएको हो ।
दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल र गजुरमुखि ट्रेड लिंकका प्रोपाइटर सुरज आचार्यकी आमा मित्रमाया आचार्यले संयुक्त रुपमा यसको औपचारिक लन्च गरेका हुन् ।
यो स्कुटरमा अपडेटेड फिचर दिइएको छ । रेजेड आर स्ट्रीट र्याली नयाँ डिजाइनमा आधारित मोडल हो । यसको स्वरुप यामाहाको एमटी–०९ जस्तै रहेको कम्पनीले जनाएको छ ।
‘स्ट्रिट र्याली’ स्टार्टअप तथा स्पोर्टी मिररको विशेषता दिइएको छ ।
यसमा डिजिटल इन्स्ट्रुमेन्ट कल्स्टरसमेत लगाईएको छ । स्टान्र्डड मोडल जस्तै ११३ सिसिको एयरकुल्ड ब्लु कोर इन्जिन दिइएको छ ।
जसले ७.१ बिएचपीपावरका साथै ८.१ न्युटन टर्क उत्पादन गर्छ । यसमा इन्जिनसँगै रोलर आर्म दिइएको छ, जसले कम स्पीडमा स्कुटर चलाउदापनि बढी पावर उत्पादन गर्न सक्छ ।
गजुरमुखि ट्रेड लिंकका प्रोपाइटर सुरज आचार्यका अनुसार यसले ग्राहकको मन राम्ररी जित्ने विश्वास लिईएको छ । उनले स्कुटर रुचाउनेकालागि बरदान हुने दाबी गरे ।
लिंकको दमक सहित पुर्वमा बिभिन्न शाखाहरु रहेकाछन् । आचार्यका अनुसार धरानमा डिलर र धनकुटामा हिले र धनकुटा बजार, भोजपुर, पाँचथरको रबि, झापाको दुधे र गौारदहमा शाखा रहेकाछन् ।




