असोज । बलिउड सुपरस्टार सलमान खानका फ्यानका असंख्य छन् । उनलाई नचिन्ने सायद कमै होलान् । सलमानको घाँटीमा जुत्ताको माला परेको खबरले फिल्मी बजार तातिएको छ । उनको यो खबरले फ्यानहरुलाई निराश बनाउला । तर, यो वास्तविक जीवनमा भने होइन ।

उक्त फोटो सलमानले बहिनी अर्पिताको छोरा अर्थात् भान्जासँग जिस्किएर खिचेका थिए । जसलाई अर्पिताले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी हुन् । यतिबेला सलमानको यो तस्विर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

बहिनी अर्पिताले मेरी लाइफ लेख्दै उनका श्रीमान, दाजु र बच्चालाई एकसाथ सेयर गर्दै तस्विर अपलोड गरेकी थिइन् । यतिबेला सलमान फिल्म फिल्म ‘ट्युवलाईट’ को सुटिङमा व्यस्त छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय