काठमाडौं — कपिल शर्मा छिट्टै आफ्नो पुरानो कार्यक्रम द कपिल शर्मा शो लिएर फर्किने सुरमा छन् । उनले सोनी च्यानललाई शोको काम छिट्टै शुरू गर्न आग्रह गरेका छन् ।
तर सोनीले शोका लागि हतारो नगरेको बुझिएको छ । कपिलको पुरानो अव्यावसायिक व्यवहार यसका लागि जिम्मेवार रहेको च्यानलको भनाइ छ ।
च्यानल सूत्रका अनुसार, सोनी च्यानल कपिलसँग काम गर्न उत्सुक छ । कपिलको राम्रो फ्यान फलोइङ रहेको उनीहरूलाई थाहा छ । तर च्यानल रिस्क लिन भने चाहँदैन ।
अघिल्लोपटक कपिलले सम्झौतालाई बेवास्ता गर्दै शो बीचमै छोडिदिएका थिए र शो अचानक बन्द गर्नुपरेको थियो । त्यसले गर्दा च्यानललाई पैसा पनि घाटा लागेको थियो र साखमा पनि धक्का लागेको थियो ।
अहिले च्यानल यस्तो रणनीतिमा काम गरिरहेको छ जसअन्तर्गत संग्रहमा केही एपिसोड रहून् । कपिलको पुरानो रेकर्डका कारण च्यानल खतरा उठाउने मूडमा छैन । शो त पक्कै आउँछ तर त्यसमा हतारो गरिनेछैन ।
कपिलले हालसालै पञ्जाबी फिल्म सन अफ मञ्जीत निर्माण गरेका थिए । उनी टीभीमा पछिल्लोपटक ३१ मार्चमा देखिएका थिए ।
एजेन्सी



