भदौ २८, २०७५
काठमाडौं — वैज्ञानिकहरूले पानीको सतहमा आउनेबित्तिकै पग्लिने माछा खोज्न सफलता प्राप्त गरेका छन् । माछाको रहस्यमयी प्रजातिलाई प्रशान्त महासागरभन्दा आठ किलोमिटर मुनि भेटिएको हो ।

स्नेलफिश प्रजातिको यो माछाको तीन किसिम वैज्ञानिकहरूले पत्ता लगाएका छन् । यी माछाहरू अत्यन्त कमजोर हुन्छन् र जेली जस्तो संरचनामा रहन्छन् । यिनीहरूको रंग पनि विचित्र हुन्छ ।

पेरु र चिलीको तटबाट १६० किलोमिटर पर महासागरको पिँधमा यिनीहरू भेटिए । वैज्ञानिकहरू पानीमुनि चलाउन मिल्ने क्यामराको सहायताले साढे सात हजार मिटर मुन्तिर तैरिने यी माछाको तस्वीर खिच्न सफल भए ।

वैज्ञानिकहरूले यी माछालाई पक्रेर माथि ल्याउँदा यिनीहरू पग्लिए । सूर्यको किरण पुग्न नसक्ने समुद्रको चिसो पानीमा बस्ने यी माछा सतहमा घामको प्रकाश पर्नेबित्तिकै पग्लिए ।

एकदम कमलो देखिने स्नेलफिश पानीको भारी दबाबलाई पनि सजिलै झेल्न सक्छन् । उनीहरूको जेली संरचनाले गर्दा भार वहन गर्न समर्थ भएका हुन् ।

यी माछाको सबभन्दा बलियो हाड कान र दाँतमा हुन्छ । कानको हाडको सहारा लिएर यी माछाले सन्तुलन स्थापित गर्छन् । पानीको भारी दबाब र चिस्यानको अभावमा यी माछा आफैं पग्लिन थाल्छन् ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah