दमक/झापा दमक वडा नं. ५ मा ८ महिना अघिदेखि सञ्चालनमा आएको सपोर्ट कृषि सहकारी संस्थाले आफ्नो प्रथम बार्षिक साधरणसभा भब्यताका साथ सम्पन्न गरेको छ ।
कन्काइ पार्टी प्यालेस दमकमा भएको प्रथम साधरणसभामा छोटो अवधिमा नै ३ करोड १६ लाखभन्दा बढि निक्षेप संकलन गरिएको सहकारीका अध्यक्ष तुलसीराम दंगालले बताए । आउदो बर्ष बढाएर यसलाइ ७ करोड पुर्याउने लक्ष्य रहेको दंगालले जनाए ।
जिल्ला सहकारी संघका जिल्ला सदस्य प्रेम प्रेम कोइरालाको प्रमुख आतिथ्यमा भएको साधरणसभामा सहकारीमा उत्कृष्ठ कारोबार गर्ने सहकारीका सदस्यहरु सम्मान तथा पुरुस्कृत समेत भएको थियो ।



