दमक/ झापाको दमक ६ स्थित मोडल साकोसले एकबर्षका लागि नीति तथा कार्यक्रम पास गर्दै आफ्नो सातौ बार्षिक साधरणसभा सम्पन्न गरेको छ । दमक उद्योग बाणिज्य संघको सभाहलमा भएको साधरणसभामा सहकारीका अध्यक्ष भोला बरालले आफ्नो प्रतिबेदन पेस गरेका थिए ।
६ सय ७४ जना सदस्य रहेको सहकारी संस्थाको शेयरपुजी १ करोड ५७ लाख २२ हजार ८ सय रहेको र आगामि बर्ष १ करोड ७० लाख पुर्याउने लक्ष्य रहेको बरालले बताएकाछन् ।
दमक नगरपालिका उपप्रमुख गीता अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल, सहकारी अगुवा खोमप्रसाद बगाले लगायतले बोलेका थिए ।
लेखा संयाजक बिशेश्वरप्रसाद मिश्रले प्रस्तुत गरेको लेखा प्रतिबेदन पनि साधरणसभाले सर्वसम्मत पास गरेको सहकारीका उपाध्यक्ष प्रकाशप्रसाद अधिकारीले जानकारी दिएकाछन् ।



