डालिङटन। इङल्याण्डमा एक युवतीले आफ्ना पूर्वप्रेमीलाई जलाउनको लागि एउटा फोटो पठाइन् । फोटोमा उनी नयाँ ब्वाइफ्रेण्डसँग रोमान्स गर्दै गरेकी देखिएकी थिइन् । यो फोटो देखेर उनका पूर्वप्रेमी यतिसम्म रिसाए कि उनले नयाँ ब्वाइफ्रेण्डको हत्या गरिदिए । यो घटनामा अदालतले युवतीका पूर्वप्रेमीलाई त हत्याको अभियोगमा सजाय सुनायो नै युवतीलाई समेत हत्याको लागि उक्साएको आरोपमा जेल सजाय सुनायो ।
डार्लिङटनमा २९ वर्षकी सारा ब्रेमलीका पूर्व ब्वाइफ्रेण्ड डेभिड सान्डर्सले नयाँ ब्वाइफ्रेण्ड माइकल लसनको चक्कु प्रहार गरी हत्या गरिदिएका थिए । सान्डर्सले यो सब एक फोटो देखेपछि गरेका थिए फोटोमा सारा र माइकल सेक्स गरिरहेका देखिएका थिए । यो फोटो साराले आफ्ना पूर्वप्रेमीलाई जलाउनको लागि पठाएकी थिइन् । फोटोसँग एउटा म्यासेज पनि लेखेकी थिइन् जो निकै उक्साउने खालको थियो । फोटो देखेपछि सान्डर्सले एक साथीलाई म्यासेज गरेर भनेका थिए ‘म साँच्चै निकै तनावमा र रिसाएको छु । म उसलाई माया गर्थें र उसलाई यस्तो अवस्थामा देख्नु ठिक लागिरहेको छैन । मलाई रिस उठिरहेको छ ।’

अदालतमा सुनुवाइको क्रममा साराले यो फोटो पूर्वप्रेमीलाई जलाउनको लागि मात्र पठाएको बताएकी थिइन् । उनलाई लागेको थियो कि फोटो देखेर बढी भएमा सान्डर्सले माइकललाई कुट्नेछन् । तर उनले सोचेजस्तो भएन । फोटो देखेपछि सान्डर्सलाई यतिसम्म रिस उठ्यो कि उनले माइकलको हत्या नै गरिदिए । यो घटनामा अदालतले सान्डर्सलाई आजीवन जेल सजाय सुनाएको छ भने हत्याको लागि उक्साएको अभियोगमा सारालाई आंशिक रुपमा दोषी ठहर गरेको छ । सारालाई सजाय सुनाइएको छैन । आगामी अक्टोबरमा उनलाई सजाय सुनाइनेछ र यो सजाय ६ महिनाको हुनसक्ने सम्भावना छ ।



