काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य चार सय रुपैयाँले घटेको छ ।

शुक्रबार बजारमा छापावाल सुन प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज पनि घटेर सुन प्रतितोला ५७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शुक्रबार तेजावी सुन प्रतितोला ५७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि घटेर सुन प्रतितोला ५७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, आइतबार बजारमा चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ ।

शुक्रबार बजारमा चाँदी प्रतितोला मूल्य ७१५ रुपैयाँमा कारोबार भएको थियो भने आजपनि घटेर चाँदी प्रतितोला ७१० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ।