काठमाण्डु, ३१ भदौ – संयुक्त राष्ट्रसंघिय मिसन अन्तर्गत दक्षिणी सुडानमा शान्ति सेनाको रुपमा खटिएका एक नेपाली सैनिक गोली लागेर घाइते भएका छन् ।
आइतबार बिहान येइ शहरमा पानी लिन जाने क्रममा सुडानको जनमुक्ति सेनाले हानेको गोली लागेर नेपाली सैनिक घाइते भएका हुन् । बिहान ८ बजे येइमा रहेको युएन क्याम्पबाट ताँती लागेर गुडेका शान्ति सेनाको २ वटा पानी ट्याङ्करसहित अन्य २ सवारीमाथि जनमुक्ति सेनाले गोली बर्साएका थिए ।
घाइते नेपाली सैनिकलाई उपचारका लागि हेलिकप्टरबाट जुबा शहरमा लगिएको छ । काठमाडौं टुडे बाट










