काठमाडौं — दुई देशबीच विवादका अनेकौं विषय हुन सक्छन् र कहिलेकाहीँ समाधानका लागि युद्ध पनि गर्नुपर्ने हुन सक्छ । दुई अफ्रिकी देश कंगो र युगान्डाबीच माछाको विषयमा विवाद बढेको छ ।
युगान्डामा माछाको कमीका कारण गैरकानूनी रूपमा एडवर्ड र अल्बर्ट तालबाट माछा निकालिएको छ । हालै दुई देशका सेनाबीच लेक एडवर्डका विषयमा विवाद बढेपछि दुई सैनिक र तीन नागरिकको मृत्यु भयो ।
लेक एडवर्ड अफ्रिकी भूभागको सबभन्दा सानो तालमध्ये एक हो । यो तालको धेरैजसो भाग कंगोमा पर्छ । माछापालन सीमावर्ती क्षेत्रका मानिसको जीविकाको मुख्य साधन हो र युगान्डाको क्षेत्रमा पर्ने पानीको भाग यस काममा निकै प्रयोग भएको छ ।
तालमा क्याटफिश, टिलापिया र नाइल पर्च जस्ता माछा पाइन्छन् । स्थानीयहरू यो माछा खान्छन् र धेरै माछा निर्यात गर्छन् । युगान्डाको कुल गार्हस्थ्य उत्पादनमा माछापालन व्यवसायको भाग ३ प्रतिशत छ र सात लाखभन्दा बढी
मानिस जीविकाका लागि यसमा निर्भर छन् ।
अफ्रिकी देशहरूमा माछा र पानीको बाँडफाँडका लागि लगातार संघर्ष हुने गरेका छन् । युगान्डा र कंगोजस्तै दक्षिणी भागमा कंगो र रुआन्डाबीच जल बाँडफाँडका लागि संघर्ष चलिरहेको छ ।
तीव्र गतिमा जनसंख्या बढ्दा अनि रोजगारीको साधन सीमित हुँदा मानिस माछापालनमा निर्भर छन् ।
एजेन्सी



