एजेन्सी । नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ बढेको छ।

हिजो प्रतितोला ५७ हजार ६०२ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ५७ हजार ९ सय ९९ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तै हिजो प्रतितोला ५७ हजार ३०५ रुपैयाँमा कारोबार भएको तेजावी सुन आज ५७ हजार ७०१ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

आज चाँदीको मूल्य भने स्थिर छ। आज चाँदीको मूल्य ६ सय १३ रुपैयाँमा कारोबार भइरहेको छ।