नयाँदिल्ली । जब निज जीवनको गोपनीयताको मामिलाामा कुरा हुन्छ, भारतीय राजनेता विश्वका सबैभन्दा ठूला तानाशाह जस्तै देख्निछन् । उनीहरुसँग एक अलिखित सम्झौता हुन्छ, ताकी उनीहरुका प्रेम प्रसंग, विवाहेत्तर सम्बन्ध र दोस्री श्रीमतीबारे सार्वजनिक चर्चा गर्ने छैन भन्ने ।
एक अपवादबाहेक भारतीय राजनीतिकर्मीले यो सम्झौतालाई कार्यान्वयन पनि गरेका छन् ।

यसको कारण हुन सक्छ, सबै काँचका घरमा बस्छन् । तर वरिष्ठ पत्रकार अजय सिंह यस्तो हुनुको कारण फरक बताउँछन् । उनी भन्छन्, ‘ काँचका घर त विदेशमा पनि हुन्छन् र त्यहाँ ढुंगा हानिन्छ, यहाँ त एक सामान्ती अतित छ जहाँ हामी राजालाई जे गरे पनि हुने अधिकार भएको मान्छौं ।’

उनी भन्छन्, ‘एक इटालिलय शब्द छ ‘ओमार्टा’, यसको अर्थ अपराधीहरुबीच एक गोप्य सम्झाता हुन्छ जसमा एकअर्काबारे केही पनि नभन्ने । भारतीय राजनीतिमा पनि यस्तै यस्तै ओमार्टा जस्तै भएको छ । केही विषयमा यति मौन हुन्छन्की ति विषयमा यस्तो मौनता नहुनुपर्ने हो ।’
सञ्चारमाध्यम र राजनीतिज्ञबीच महात्मा गान्धीको निजी जीवनबारे एक किसिमको सामाजिक सम्झौता भएको जस्तो देखिन्छ । एक सीमाभन्दा अगाडी उनका विषयमा चर्चा र बहसबाट टाढा नै हुनुपरोस ।

भ्रष्टाचार, धोकेवाजी वा भाई भतिजवादका विषयमा आम मानिस वा सञ्चारमाध्यम निकै नृशंस भए पनि निजी जीवनका कथित ‘स्क्यान्डल्स’ मा नजरअन्दाज नै भइरहको छ ।

टाइम्स अफ इन्डियाका पूर्व सम्पादक इन्दर मल्होत्राले बीबीसीलाई भनेका थिए, ‘विश्वमा हरेक चिज खुला भएको छ,सामाजिक सञ्जाल पनि छन्, नेताहरुको निजी जीवनबारे पत्रिकारमा केही पनि छापिँदैन । रेडियो र टेलिभिजन सरकारी छन् ।’

उनले पण्डित जवारलाल नेहरुबारे भने, ‘पुरा देशमा नेहरुको सम्बन्ध लेडी माउन्टबेटनसँग रहेको चर्चा थियो, फेरि एक शारदा माता पनि थिइन्, जसका बारेमा पनि भनिन्छ’ मल्होत्रा अगाडी भन्छन्, ‘गान्धीका बारे पनि केही चिज लुकाइन्थ्यो, उनका एक अनुयायीले किताब लेखेर सार्वजनिक गरे । उनको ब्रह्माचर्यको प्रयोगको समयमा दुबैतर्फ यूवतीलाई राखेर सत्थे ।

उनी भन्छन्, ‘६० को दशकमा गान्धीको सेक्स र ब्रह्माचर्यको प्रयोगबारे निर्मल कुमार बोसको किताब छापिनुभन्दा पहिला मानिसलाई यो विषयमा केही पनि थाहा थिएन, यसभन्दा पहिला यो विषयमा लेख्नेबारे कल्पाना पनि गर्न सकिन्थेन ।’
…………
हालै निधन भएका कुलदीप नैयरले नेहरु एडविना वा लेडी माउन्टबेटनबारे एक महत्वपूर्णकुरा बीबीसीलाई भनेका थिए । जब उनी ब्रिटेनमा भारतका उच्च आयुक्त थिए, त्यस बेला उनले थाहा पाए एअर इन्डियाको फ्लाईटबाट नेहरु दैनिक एडविनालाई चिठि पठाउँथे । एडविना ति चिठिको जवाफ दिन्थिन् र उच्च आयुक्तका कर्मचारी ति चिठि एअर इन्डियाका विमानसम्म पुर्याउँथे ।

नैयरले एक पटक एडविनाका नाती लर्ड र्यामसेसँग सोधेका थिए, के उनी बज्यै र नेहरुबीच प्रेम थियो ? उनका नातीले बज्यै र नेहरुबीच आधात्यमिक प्रेम रहेको स्वीकार गरेका थिए ।

नेहरुले एडविनालाई लेखेका पत्र त प्रकाशित भएका छन् तर, एडविनाले नेहरुलाई लेखेका पत्रबारे कसैलाई पनि थाहा छैन । एक पटक नैयरले इन्दिरा गान्धीसँग ती पत्रबारे जानकारी मागेका थिए । तर उनी सफल हुन सकेनन् ।

एडविनामात्र होइन सरोजिनी नायडूकी छोरी पद्मजा नायडूबारेमा पनि नेहरुको दिलमा कुेही केही हुन्थ्यो । क्याथरिन फ्रेन्कले इन्दिरा गान्धीको जीवनीमा लेखेकी छन् नेहरु र पद्मजाबीच वर्षौसम्म प्रेम चल्यो ।

नेहरुले इन्दिरालाई दुखित नबनाउमात्र उनीसँग बिहे नगरेको बताइन्छ । नेहरुको जीवनी लेख्ने एस गोपालसँग इन्दिरा रिसाएकी थिइन्। किन भने उनले नेहरुले पद्मजालाई लेखेका प्रेम पत्र सार्वजनिक गरेका थिए । १९३७ मा नेहरुले पद्मजालाई लेखेका थिए, ‘तिमि १९ वर्षकी छौ (त्यसबेला उनी ३७ वर्षकी थिइन् ) र म १०० वा यसभन्दा बढि । के मलाई कहिल्यै थाहा होला तिमि मलाई कति माया गर्छेउ ?’

………..
इन्दर मल्होत्राले बीबीसीलाई भनेका थिए, ‘फिरोज गान्धी मेरा नजिकका साथी थिए, उनको घरमा जो महिला आउँथे तिनिहरु मलाई पनि चिन्थे । उनको दोस्ती एक हम्मी नामकी सुन्दर महिलासाग थियो । जसका पिता त्यस बेला उत्तरप्रदेशका मन्त्री थिए ।’ इन्दिरा नेहरुको हेरचाहका लागि दिल्लीस्थित प्रधानमन्त्री निवासमा आएपछि फिरोजको रोमान्स शुरु भयो ।

हम्मीलाई लिएर इन्दिरा जिन्दगीभर दुखित भएको बताइन्छ ।

यो विषयमा इन्दर मल्होत्रा भन्छन्, ‘फिरोजको निधनपछि इन्दिरा प्रधानमन्त्री बनिन् । इमरजेन्सीका समयमा हम्मी कुनै कामका लागि प्रधानमन्त्री कार्यालय पुगिन् । जब उनी कार्यालयबाट जाँदै थिइन्, त्यसबेला काँग्रेस अध्यक्ष देवकान्त बरुआ भित्र जाँदै थिए । त्यस बेला इन्दिराले अरुआलाई भनेकी थिइन्, यसै महिलाका लागि फिरोजले हाम्रो जिन्दगी बरबाद गरे ।’
………..
राजीव गान्धी र सोनिया गान्धीको प्रेम प्रसंगबारे पनि भारतीय सञ्चारमाध्यममा कमै चर्चा भएको छ । राशिद किदवईले आफ्नो एक किताबमा भने यो विषयमा केही खुलासा गरेका छन् । किदवई भन्छन्, ‘शुरुमा सोनियालाई यो पनि थाहा थिएनकी राजीव गान्धी जहारलाल नेहरुका नाती हुन् ।

उनीहरुबीच पहिलो भेट क्याम्ब्रिजमा एक रेष्टुरेण्ट ‘भरसिटी’मा भएको थियो । सोनिया एक साथीसँग थिइन् भने राजीव पनि एक साथीसँग थिए ।’

राजीवले जुन ढंगले सोनियालाई हेरेका थिए, त्यसबाट पहिला भेटमै सोनिया राजीवलाई प्रेम गर्न तयार भएको किदवई बताउँछन् । त्यसपछि राजीवले एक कविता लेखेर सोनियालाई पठाएका थिए ।

यसपछि उनीहरुबीच बाक्लै भेट हुनथाल्यो । तर एक पटक इन्दिरा बेलायत भ्रमण रहेका बेला उनीहरुको तस्वीर एक पत्रिका छापिएपछि भने उनीहरु डराएका थिए ।

इन्दिरासँग भेट्न सोनिया निकै डराएको बताइएको छ । उनी एक पटक इन्दिरालाई भेट्न भनेर गएपनि आधा बाटोबाटै फर्केको बताइएको छ । जब पहिलो पटक इन्दिरा र सोनियाबीच भेट भयो सोनियाले फ्रेन्चमा कुरा गरेकी थिइन् । जब सोनियाका बाबुलाई सोनिया राजीवसँग बिहे गर्ने तयारीमा रहेको थाहा पाए उनले यसको विरोध गरेको बताइएको ।

सोनियालाई माग्न राजीव सोनियाको घर जाँदा सोनियाका बाबुले एक वर्षसम्म एकअर्कालाई नभेटेर मायाको परीक्षा दिन भनेका थिए । एक वर्षसम्म सोनियाले बाबुलाई मनाउने प्रयास गरे पनि उनी राजी भएनन् । राजीव र सोनियाको बिहेमा सोनियाका बाबु अनुपस्थित रहे ।
……….

राजीवका भाई संजय गान्धीको नाम पनि कयौं महिलासँग जोडिएको थियो । ति मध्ये एक सख्साना सुल्ताना थिइन् । राशिद किदवई भन्छन्, ‘सुल्तना कुनै महत्वपूर्ण पब्लिक फिगर थिइनन् । तर उनलाई संजयले अगाडी बढाए । उनी निकै फेसेनवल थिइन् । उनी डोमिनेटिंग क्यारेक्टरकी थिइन् ।’ किदवई भन्छन्, ‘काँग्रेसका मान्छे भन्थे, सुल्तना संजयमाथि हक जमाउँथिन् । संजय धेरै महिलासँग सम्बन्ध राख्थे । जब मेनकासँग उनको बिहे हुने कुरा सार्वजनिक भयो धेरै मानिस अचम्ममा परे, यो कसरी भयो ?’
………

पूर्वप्रधानमन्त्री अटलबिहारी वाजपेयीको परिवारबारे हल्का ढंगले चर्चा हुने गरे पनि उनको लोकप्रियतामा यसको कुनै प्रभाव परेन । वाजपेयीले आफ्नी कलेज साथी राजकुमारी कौलसँग बिहे गरेनन् तर, कौलको बिहेपछि वाजपेयी उनको घरमा बस्थे । एक अन्तर्वार्तामा राजकुमारी कौलले भनेकी थिइन्, ‘मैले र अटलबिहारी वाजपेयीले आफ्नो सम्बन्धबारे सफाई दिन आवश्यक ठानेनौं ।’

श्रीमती कौलको केही दिन पहिला निधन भयो । राष्ट्रिय सञ्चारमाध्यममा यो विषयमा कुनै चर्चा भएन । किन भने उनकोबारेमा धेरैलाई थाहा थिएन । राजकुमारी कौलकी साथी तलत जमीरले राजकुमारी निकै आकर्षक काश्मिरी महिला भएको बताएकी छन् ।

उनले राजकुमारीसँग भेट गर्न धेरै पटक प्रधानमन्त्री निवास गएको भन्दै त्यहाँ अटलबिहारी वाजपेयीको देखभाल राजकुमारीले नै गरेको बताइन् । उनले यति सम्मकी राजकुमारीकै इसारामात्र अटलबिहारीको भान्सामा खाना तयार हुने बताइन् । (बीबीसीको सहयोगमा)

डिसी नेपाल बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah