कोचिङको बहानामा एक शिक्षकले सबै मर्यादा नाघ्दै गुरु र शिष्यको सम्बन्धलाई कलंकित बनाएका छन् । कोचिङको आडमा करिब २५ भन्दा बढी छात्रासाग अश्लील हर्कत गर्दै ती शिक्षकले भिडियो बनाएका थिए ।
भिडियोमा शिक्षक छात्रालाई किस गरिरहेका देखिएका छन् । यसपछि ती शिक्षकले छात्रालाई ब्ल्याकमेल गर्दै मनोमानी गर्न लागेका थिए । घटना सार्वजनिक भएपछि शिक्षक फरार छन् ।
आजमगढको जमालपुर बेलखेडा निवासी चन्द्रशेखर यादव गणितका शिक्षक हुन् र उनले गणितको कोचिङको बहानामा यस्तो हर्कत गरेका हुन् । उनी पहिले शेख रहमत इन्टर कलेजमा शिक्षक थिए ।
कलेजका प्रबन्धक इसरार अहमदका अनुसार केही दिनअघि उनलाई कलेजबाट निकालिएको थियो । आरोपीले साँझ ५ बजे कोचिङ पढाउँथे । उनी सधैंजसो कोचिङ सकिएपछि १ वा २ छात्रालाई थप टिप्स दिने बहानामा रोक्थे । त्यसपछि उनी छात्रासँग अश्लील हर्कत गर्थे । छात्राहरुका अनुसार यादवले उनीहरुलाई धम्क्याएर चुप बनाउँथे ।
यही बीचमा केही छात्राहरुले यसबारे थाहा पाएपछि उनीहरुले भिडियो बनाएर भाइरल गरिदिए ।
https://youtu.be/ig_guyNTQmY
सुदुर खबर बाट



