घरेलु कामदारका रुपमा कुबेत पुगेकी सुनसरीकी महिलाको मालिकका छोराबाट हत्या भएको छ ।

४५ वर्षीया पेशलमाया राईको छुरी प्रहार गरी हत्या भएको हो । उनको राहदानी नम्बर ०६५५६१९६ र नागरिकता नम्बर २४८ हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

राईको ३ अगस्टमै हत्या भएको खुलेको छ । हत्यामा संलग्न नागरिक पुर्पक्षका लागि थुनामा छन् ।

दूताबासले राईको परिवारसँग सम्पर्क हुन नसकेको र शव नेपाल पठाउन कठिन भइरहेको बताएको छ । राई २०७० भदौ ४ गते व्यक्तिगत भिसामा घरेलु महिला कामदारका रुपमा कुबेत गएकी हुन् ।

नेपाली दूताबास कुबेतले राईका परिवारजनलाई खबर पु¥याइदिन या राईबारे जानकारी दिन चाहे ००९६५ ९८८६९१२१ मा सम्पर्क गर्न अपिल गरेको छ ।