काठमाडौँ, ७ असोज । मलेसियामा ४ जना नेपाली कामदारहरु पक्राउ परेका छन् । गत मंगलबार ७ जना नेपालीसहित २९ जनाको ज्यान जाने गरी भएको विषाक्त मदिरा घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ३ जना नेपालीसहित १० जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ३ जना नेपाली, ३ जना मलेसियन, ३ जना भारतीय र एकजना म्यानमारका नागरिक रहेको मलेसियन प्रहरीले जनाएको छ । मलेसियाली स्थानीय सञ्चारमाध्यमका अनुुसार सेलेङ्गार प्रहरीले घटनापछि १३ ठाउँमा छापा मारी करिब ३ हजार बोतल मदिराको नमुना संकलन गरिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विषाक्त मदिराका कारण हालसम्म २९ जनाको मृत्यु भइसकेको छ भने अझै १९ जनाको अस्पतालमा उपचार भइरहेको छ । १४ जना उपचारपछि फर्किएका छन् ।

हालसम्म घटना ग्राण्ड रोयल, मण्डाले र जोकर ह्वीस्की तथा किंगफिसर र भोल्कानो वियरका कारण भएको मलेसियन प्रहरीले बताउँदै आएको छ । दैनिक नेपाल बाट