चर्चित कोरियोग्राफर गम्भीर बिस्टको निर्देशनमा “अप्सरां” गीतको भिडियो सार्वजनिक भएको छ । उदित नारायणको स्वर रहेको उक्त गीतको शब्द मोनि शर्मा रिजालको रहेको छ यसैगरी क्रीस रिजालको सङीतमा राजन इशानको सङीत सम्योजन रहेको छ ।
नगरकोटको रमरणिय स्थानमा छायांकन गरिएको उक्त भिडियोमा अभिषेक श्रेष्ठ र रजिना खड्काको अभिनय रहेको छ। अभिषेक केही समय अघि अनमोल के.सी. को डुब्लिकेट भनेर पनि चर्चामा आएका थिए तर श्रेष्ठ अहिले आफ्नो छुटै पहिचान बनाउन संघर्षरत देखिन्छ । भिडियोलाइ उनकै नृत्य गुरु चर्चित कोरियोग्राफर गम्भीर बिस्टले निर्देशन गरेका छन ।अर्जुन तिवारीको छायांकनमा नवीन निरौलाको सम्पादन रहेको छ। बाँकी हेर्नुस भिडियोमा:



