साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले बढेको छ ।

सोमबार बजारमा छापावाल सुन प्रतितोला ५८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर बजारमा सुन प्रतितोला ५८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सोमबार तेजावी सुन प्रतितोला ५७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर बजारमा सुन प्रतितोला ५८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, मंगलबार बजारमा चाँदीको मूल्य पाँच रुपैयाँले बढेको छ ।

सोमबार बजारमा चाँदी प्रतितोला मूल्य ७२० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर चाँदी प्रतितोला ७२५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।