मेकअप बिनाकी श्रीमती पहिलो पटक देखेपछि श्रीमानले गरे ‘डिभोर्स’, कारण सुन्दा तपाईं छ्क्क पर्नु हुनेछ
मेकअप बिनाकी श्रीमती पहिलो पटक देखेपछि श्रीमानले गरे ‘डिभोर्स’, कारण सुन्दा तपाईं छ्क्क पर्नु हुनेछहेडलाइन पढ्दा अचम्म र अपत्यारिलो लाग्यो होला तर यो वास्तविक हो । संयुक्त अरब इमिरेट्सका एक व्यक्तिले विवाह गरेको दुई दिनमा नै श्रीमतीसँग सम्बन्धविच्छेद गरेका छन् । पहिलो पटक श्रीमतीलाई मेकअप बिना देखेपछि उनले श्रीमतीसँग छुट्टिएर बस्ने निर्णय गरेका हुन् ।
यो अचम्मको घटना मनोचिकित्सक डा. अब्दुल अजिज असफले बताएका हुन् । उनको दाबी अनुसार २८ वषीया एक महिलाले आफ्नो अप्रत्याशित सम्बन्धविच्छेद पछि मनोवैज्ञानिक दुःख भुल्नका लागि उनको क्लिनिकमा सम्पर्क गरेकी थिइन् । असाफले ती महिलाको नाम सार्र्वजनिक गरेका भने छैनन् तर ती महिला विवाह गर्नुपूर्व ६ महिनादेखि ती ३४ वर्षीयसँगको सम्बन्धमा रहेको भने जानकारी दिए ।
सम्बन्धमा रहँदा उनका श्रीमानले उनलाई कहिले पनि बिना मेकअप नदेखेको र पहिलो पटक उनको वास्तविक अनुहार देख्दा उनले चिन्न नसकेको असफले बताए । उनका श्रीमानले उनलाई कस्मेटिकको अत्यधिक प्रयोग गरी आफूलाई झुक्याएको, नक्कली परेला हालेको र विवाह गर्नुभन्दा पहिलेजस्तै राम्री नभएको आरोप लगाउँदै उनीसँग सम्बन्धविच्छेद गरेको असफले बताए ।
गल्फ न्यूजका अनुसार ती बेहुलाले आफ्नी दुलहीको मेकअप बिनाको अनुहार विवाहको दोस्रो दिन अल माम्जार नामक समुन्द्री तटमा स्विमिङ गर्न जाँदा देखेको बतायो । पानीले उनको सबै मेकअप पखालेको र उनका श्रीमान त्यसभित्रको अनुहार देखेर छक्क परेको स्रोतले दाबी गरेको छ ।
‘यस घटना पछि ती बेहुलाले आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद गरेको र उनीसँग कहिले पनि पुर्नमिलन नगर्ने घोषणा गरेका छन्,’ डा. असाफले भने ।
१३ वर्षको उमेरमै पिता बनेका एक किशोरको कहानी
कुनै पनि पुरुष १३ वर्षको उमेरमा पिता बन्न सम्भव होला ? आजकल त यस्ता घटना सुन्न पाइएको छैन । तर बेलायतमा चाहिँ कुनै समय एकजना किशोर १३ वर्षको उमेरमै बाबु बनेका थिए ।
सन् २००९ मा जब यो खबर आयो, तब सबै छक्क परे । कतिपयले त यो खबर पत्याउनै सकेनन् । तर यो वास्तविक घटना थियो ।
ती किशोरको नाम एल्फी हो । उनको बारेमा म्बत ब्त ज्ञघ शीर्षकको समाचार द सन पत्रिकाले छापेको थियो पहिलोपटक ।
उनको कहानी गज्जबको छ । जब उनी १२ वर्षका थिए, एकजना १५ वषर्ीया किशोरीसँग उनको प्रेम बस्यो । उनीहरुबीच छिटै नै यौनसम्पर्क भयो र ती प्रेमिका गर्भवती भइन् । यसरी ती किशोर १३ वर्षको छँदा उनकी प्रेमिकाले बच्चा जन्माइन् ।
आफ्नी प्रेमिकाले जन्माएकी आफ्नी छोरी काखमा राखेर बसिरहेको एल्फीको तस्वीर साँच्चीकै भाइरल बन्यो । जहाँ एल्फीको अनुहारमा हर्ष न विस्मात्को भाव देखिन्छ ।
तर एल्फी चाहिँ पिता बन्दा आफूलाई शानदार अनुभव भएको बताएका थिए ।
तर विडम्बना उनी बाबु बनेको एक वर्षमै उनकी प्रेमिकाले उनलाई धोका दिइन् र छोरी सँगै लिएर गइन् । पछि ती भूपू प्रेमिकाले अरु कसैसँग बिहे गरिन् ।
१३ वर्षको उमेरमा बाबु बन्न लागेको थाहा पाउँदा अर्थात् प्रेमिका गर्भवती भएको थाहा पाएसँगै एल्फी निकै जिम्मेवार बनेका थिए । प्रेमिकाले एबोर्सन गराउने कुरा गर्दा उनले इन्कार गरेका थिए र बच्चाको जिम्मेवारी आफूले लिने भन्दै प्रेमिकाको पूरा ख्याल गरेका थिए ।
उनलाई त्यति सानो उमेरमा बाबु बन्दा दुनियाँले के भन्दा भन्ने कुराको परवाह थिएन ।
त्यति माया गर्ने प्रेमिका छोरीसँगै पोइल गएपछि एल्फी गहिरो पीडामा परे । त्यसपछि उनले मादक पदार्थ तथा लागू औषध सेवन गर्न थाले । उनको आनीबानी यति बिगि्रयो कि उनी सानै उमेरमा जेल जानुपर्यो।



